आर्थिक वर्ष २०७८/७९ को बजेट
•••••••••••••••••••••••••••••••••••••••••••••
•बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड
•यसमध्ये:-
⇨ चालुतर्फ ६ खर्ब ७८ अर्ब (४१.२ प्रतिशत)
⇨पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ (२२.७ प्रतिशत )
⇨वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ
(१२.६ प्रतिशत)
•त्यस्तै:-
⇨ प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ ।⇨ प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको कुल वित्तीय हस्तान्तरण मध्ये ८४ प्रतिशत चालु शीर्षकमा खर्च हुनेछ ।
बजेटको मुख्य विशेषताहरु
••••••••••••••••••••••••••••••••••
⇨आर्थिक वृद्धिदर र मुद्रास्फ्रिती दर ६.५ प्रतिशत हुने अनुमान
⇨'कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने'
⇨'खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया बिनियोजन
⇨'कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रूपैयाँ बिनियोजन'
⇨'मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयं सेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि,अब मासिक १२ हजार रूपैयाँ पाउने'
⇨'ढल्केबर,बर्दघाट र लम्कीमा ट्रमा सेन्टर निर्माणको लागि बजेट बिनियोजन'
⇨सशर्त अनुदान तर्फ प्रदेशलाई ३७ अर्ब ८७ करोड र स्थानीयत तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।
⇨प्रदेशलाई वित्तिय समानिकरण अनुदान ५७ अर्ब ५४ करोड र स्थानीय तहलाई ९४ अर्ब सामानिकरण अनुदान विनियोजन गरेको
⇨समपुरक अनुदान तर्फ १२ अर्ब ३७ करोड र बिषेश अनुदान तर्फ १२ अर्ब ४६ करोड विनियोजन भएको छ
⇨निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको
⇨सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० पुग्यो
⇨सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र रोजगारदाताले योगदान गर्नुपर्ने जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने
⇨'युवालाई ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जाको व्यवस्था गरिने'
⇨सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा, निजीलाई प्रोत्साहन गरिने
⇨निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट
⇨'५ वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाइने
⇨आगामी एक वर्षमा १ लाखलाई नि:शुल्क तालिम दिने
⇨ रसायनिक मल कारखाना ब